अस्पतालको बेड। बेडमा पल्टिएकी छिन् चर्चित लोक दोहोरी गायिका बबिता बानिया जेरी। बिरामी नै भए पनि उनी आमा हुन्। मातृत्वको महसुस गर्न छोरी पनि उनीसँगै बेडमै छिन्। परिवारको आड भरोसा उनको भाईलाई पनि सन्चो छैन। बुढी आमा आफ्ना सबै कष्ट बिर्सिएर सन्तानको सेवामा खटिरहेकी छिन्।
सम्बन्ध विच्छेदपछिका दिनहरु जेरीका लागि सहज थिएनन्। उनले आँट गरिन्। दोहोरी साँझ खोलिन्। व्यवसाय चलाउन दिनरात नभनी काम गरिन्। रातभरी गीत गाउँथिन्। आधा दिनसम्म सुत्थिन्। उनले हिम्मत हारेकी थिइनन्। तर शरिर भित्रभित्रै गल्यो। सामान्य ज्वरोबाट सुरु भएको समस्याले उनलाई अस्पतालको बेडसम्म पुर्यायो। घाँटीको टन्सिल सुन्नीएर उनको स्वर दबिएको छ। खान समेत सकिरहेकी छैनन्।
उनी दोहोरी साँझको साहुनी मात्र होइनन्। उनको स्वरले नै दोहोरी साँझ चलेको छ। जीवनमा जे जति कमाईन् उनको स्वरकै देन हो। त्यहि स्वरमा नै समस्या आएपछि उनलाई चिन्ताले झन् तनाव थपेको छ। अस्पताल पुगेपछि चेकजाँचका क्रममा अरु स्वास्थ्य समस्याहरु पनि देखिएका छन्। पाठेघरको समस्या, सुगरसँगै छातिमा पनि समस्या रहेको रिपोर्टहरु आएका छन्।
आफु बिरामी भएर अस्पताल भर्ना भएसंगै उनले आफ्नो सामाजीक सञ्जालमा लेखेकी छिन् भाग्य र समय बीच अंतर द्रन्द चल्दै छ ,,हेरौं कुन ले जित्छ। उनी अस्पताल भर्ना भएको केही दिन भैसकेको छ । अस्पताल भर्ना हुनु अघि उनले सबैको भलो चिताएर दुःख पाएँ भगवान,,थोरै स्वार्थी हुने शक्ति देऊ भन्दै स्टाटस लेखेकी थिइन्।
उनको स्वास्थ्य अबस्था बुझ्नका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठानकी अध्यक्ष रीता थापा सहितको टोली अस्पताल पुगेको थियो । उनको उपचारका लागि करिब पाँच छ लाख नगद लाग्ने अनुमान गरीएको छ । प्रतिस्ठानको तर्फबाट उनको उपचारका लागि नगद रु २५ हाजार सहयोग गरिएको छ । जेरीले आफुलाई सहयोगको खाँचो रहेको बताएकी छिन्। एकातिर काम ठप्प, अर्को तिर अस्पतालमा बढ्दो खर्च। त्यसैले आफुलाई सहयोगको खाँचो रहेको उनले अपिल गरेकी छिन्।
कलाकारिताका लागि उनले वर्षौं संघर्ष गरिन्। आफ्नै व्यवसाय पनि चलाइन्। रोजीरोटी चलिरहेकै थियो। तर उनी अस्पताल पुगेपछि दोहोरी साँझ नै बन्द छ। जति दुख गरेपनि अस्पतालमा पुग्दा ढुक्कले उपचार गर्ने पैसाको अभाव उनलाई खट्कीएको छ। त्यसैले कलाकारको िजन्दगी जती संघर्षगरे पनि गम्भिर स्वास्थ्य समस्या आएपछि सहयोग नमागी उपाय नहुने रहेछ भन्दै उनले दुखेसो गरेकी छिन्। उनको अहिले उपचार भइरहेको छ। स्वास्थ्यका समस्याहरु पहिचान भइसकेका छन्। त्यसैले डाक्टरले उनलाई पक्कै निको बनाउने छन्।
केही वर्ष अघि मात्र गायीका जेरी र उनका श्रीमान शंकर क्षेत्रीले सम्बन्ध बिच्छेद गरेका थिए । त्यसपछि उनी छोरीलाई आफुसंगै राखेर लोकदोहोरीको क्षेत्रमा सक्रिय थिइन् । लोहदोहोरी क्षेत्रमा निकै नाम चलेकी जेरी एक सफल कलाकार हुन् । ब्याङग्यात्मक दोहोरीका टुक्काबाट सबैलाई हसाउने जेरीलाई स्वास्थ्य लाभको कामना।